सुनाखरी न्युज/ काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।
दुर्घटनाको खबरलगत्तै उद्धारमा खटाइएको अल्टिच्युटको हेलिकोप्टर मार्फत् शव साँझ ६ बजे पोष्टमाटर्मको लागि त्रिवि शिक्षण अस्पताल ल्याइएको हो ।
‘माउन्टेन फ्लाइट’मा गएको उक्त हेलिकोप्टर मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके ५ लामजुरामा दुर्घटनामा परेको थियो । दुर्घटनामा क्याप्टेन सीबी गुरुङ र पाँचजना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।