२०८१ जेठ ५ , शनिवार

दयाहाङ को ‘बिहे पास’ शुक्रवारबाट पुन : प्रदर्शन आउने

दयाहाङ राई र प्रकृति श्रेष्ठ स्टारर फिल्म ‘बिहे पास’ आउँदो शुक्रवारबाट पुनः प्रदर्शनमा आउने भएको छ । वैशाख १ गतेबाट प्रदर्शनमा आएको यो फिल्मले अपेक्षित दर्शक तान्न सकेको थिएन ।

 

फिल्मका निर्माता तथा वितरक रोहित कट्टेलले यतिबेला हलमा नेपाली फिल्म खासै नभएका कारण हल व्यवसायीहरुकै आग्रहमा ‘बिहे पास’ पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिए । यो फिल्म गएको जेठमा चितवनको पर्साको एक हलमा पुनः प्रदर्शन गरिएको थियो, जहाँ दुई हप्तासम्म दर्शकको राम्रो उपस्थिति रहेको थियो । हेर्न छुटेका दर्शकलाई लक्षित गरेर आउँदो शुक्रवारबाट फिल्म पुनः प्रदर्शन गर्न लागिएको निर्माता कट्टेलले बताए ।

 

प्रवेश पौडेलद्वारा निर्देशित फिल्ममा दयाहाङ र प्रकृतिका अलवा शिशिर वाङदेल, बुद्धि तामाङ, रवीन्द्र झा, श्याम राई, विशाल पहारी, सुवास गजुरेल, हिउँवाला गौतम लगायतको अभिनय छ । रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् ।