२०८१ जेठ ३ , बिहिवार

लागूऔषधसहित १ जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीले लुपिजेशिक ५ एम्पुल, एभिल ५ एम्पुल, डाईजेपाम ५ एम्पुल र फेनारागन ५ एम्पुलसहित बेलबारी नगरपालिका–३ बस्ने ३८ वर्षीय सतिष सुवेदीलाई पक्राउ गरेको हो ।

 

लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पदैल आउँदै गरेका उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।