२०८१ जेठ ३ , बिहिवार

विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समिति अध्यक्ष घुससहित रंगेहात पक्राउ

cia

सुनाखरी न्युज / काठमाडौं –  काठमाडौँको एक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष १६ हजार घुससहित पक्राउ परेका छन् ।

 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई घुससहित नियन्त्रणमा लिएको छ। अख्तियारको टोलीले कागेश्वरी मनोहरा नगरपालिका – १ गागलफेदीस्थित सिद्धिगणेश माविका व्यवस्थापन समितिका अध्यक्ष रामकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास रिजाललाई १६ हजार घुससहित नियन्त्रणमा लिएको हो।

 

शिक्षक छनौट प्रक्रियामा सेवाग्राहीसँग १६००० रुपैयाँ घुस रिसवत लिँदै गर्दा गागलफेदी बसपार्कबाट उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।