२०८१ जेठ ६ , आइतवार

रुचाइयो धुर्मुस सुन्तलीको फिल्म ‘मत मर्छु कि क्या हो’

सुनाखरी न्युज  / काठमाडौं –  सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को वेव फिल्म ‘मत मर्छु कि क्या हो’ दर्शकले रुचाएका छन् ।सार्वजनिक भएको छोटो समयमै यो फिल्मले युट्युबमा राम्रो भ्युज पाएको हो । सार्वजनिक गरिएको १२ दिनमा आइतवार दिउँसोसम्म फिल्मलाई युट्युवमा २१ लाखभन्दा बढी भ्युज मिलेको छ । दर्शक प्रतिक्रियाहरू सकारात्मक छन् । २६ जुनमा सार्वजनिक गरिएको फिल्मले २ मिलियनबढी भ्युज पाएको छ।

 

यो फिल्ममार्फत सिताराम कट्टेल (धुर्मुुस) र कुञ्जना घिमिरे (सुन्तली) लामो समयपछि अभिनयमा फर्किएका हुन्। फिल्म हेरिसकेपछि दर्शकले धुर्मुस सुन्तली अब पहिले झैँ अभिनयमा फर्किनुपर्ने बताएका छन् । उनीहरुले पहिले झैँ धुर्मुस सुन्तली हेर्न चाहेको बताएका छन् ।

 

कोरोना कहरको समयमा चितवन आसपासमा खिचिएको यो फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मुभिज’मा राखिएको केही समयपछि मात्रै युट्युबमा सार्वजनिक गरिएको थियो ।  चितवनको आसपासमा छायाङ्कन भएको फिल्म ओटिटी प्लेटफर्म ‘ओहो मूभिज’मा पनि राखिएको थियो ।

 

फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य र सुशीला थापाको अभिनय छ । सुदिप बरालले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्। फिल्मको लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका हुन्।