२०८१ बैशाख २२ , शनिवार

पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जेनेभामा

सुनाखरी न्युज/ काठमाडौं । विश्वको पहिलो मानव–रोबोट पत्रकार सम्मेलन जुलाई ७ शुक्रबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना गरिएको छ । यस सम्मेलनमा कुल ९ मानवीय रोबोटले भाग लिएका थिए ।

 

सम्मेलनमा पत्रकार र रोबोटबीच प्रश्नोत्तर चेलको थियो । मिडिया रिपोर्टका अनुसार रोबोट र तिनका निर्माताहरू जेनेभामा पहिलो पटक पत्रकार सम्मेलनको लागि सँगै आएका थिए । यस सम्मेलनलाई ‘एआई फर गुड’ भनिएको थियो । यी रोबोट नयाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि प्रयोग गरेर निर्माण गरिएको हो । भविष्यमा संयुक्त राष्ट्र संघले रोबोटहरूलाई मानिसको रोग र भोक जस्ता समस्याहरू समाधान गर्न मद्दत गर्न प्रयोग गर्ने योजना बनाएको छ । रोबोटसँगको प्रश्न–उत्तर भिडियो पनि सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । पत्रकारहरूको प्रश्नको जवाफ दिँदै, नीलो नर्स सूट लगाएको ग्रेस नामको मेडिकल रोबोटले मानव सहायकको भूमिका खेल्ने वाचा गरेको छ । ग्रेसका निर्माता बेन गोर्ट्जेलले ग्रेसको जवाफमा सहमति जनाएका थिए । अर्काे रोबोट अमेकाले भविष्यमा आफू जस्तै हजारौं रोबोट निर्माण गर्न सकिने सुझाव दिएकी छन् ।

 

आफ्नो मालिक विरुद्ध भविष्यमा विद्रोहको सम्भावनाको बारेमा अमेकालाई सोधिएको प्रश्नमा उनले आफ्नो मालिक, विल ज्याक्सनको प्रशंसा गर्दै सधैं मालिकप्रति वफादार रहने वाचा गरेकी छन् । रोबोटले पत्रकारलाई त्यस्तो नसोच्न आग्रह समेत गरेको थियो । सम्मेलनमा चित्र बनाउन सक्ने आइडा नामक कलाकार रोबोट र रक गीत गाउन सक्ने डेस्डीमोना रोबोट पनि सहभागी भएका थिए । डेस्डीमोनाले संसार खेल मैदान भएको बताउँदै आफूलाई सीमितताको साटो सम्भावनामा विश्वास गर्ने रोबोटको रूपमा वर्णन गरेकी थिइन् । सोफिया रोबोटले रोबोटले मानिसभन्दा सिकाउन सक्ने दावी गरेकी थिइन् । उनले प्रभावकारी रूपमा काम गर्न र मानवसँग सहयोग गर्न सक्ने बताएकी थिइन् ।