२०८२ चैत्र ३ , मंगलबार

राष्ट्रियसभाको बैठक मंगलबारका लागि तोकियो

सुनाखरी न्युज/ काठमाडौं ।  आजका लागि बोलाइएको राष्ट्रियसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

 

आज बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी तय भएको बैठक विशेष कारणवश भोलिका लागि सारिएको सङ्घीय संसद सचिवालयका महासचिव डा भरतराज गौतमको भनाइ छ ।

 

राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले असार २६ गतेका लागि बैठक निर्धारण गर्नुभएको हो ।

 

रासस