२०८२ चैत्र ३ , मंगलबार

मेयर बालेन र उपप्रधानमन्त्री श्रेष्ठ विच छलफल

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले छलफल गरेका छन् । सो क्रममा देश र जनताका मुद्दाहरुमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालफर्मात जनाएका छन् ।

 

‘काठमाडौं महानगरपालिकाका प्रमुख वालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुध्दाहरुमा महत्वपुर्ण छलफल भयो’, श्रेष्ठले भनेका छन्, ‘उहाँको टीमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी हुनुहुन्थ्यो।’ श्रेष्ठ र शाहबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको पनि बताइएको छ ।

देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको श्रेष्ठको भनाइ छ ।