२०८१ जेठ ६ , आइतवार

चलचित्र ‘लुङा’को ट्रेलर सार्वजनिक

सुनाखरी न्युज/ काठमाडौं । फिल्म ‘लुङा’को ट्रेलर सार्वजनिक भएको छ । साउन ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको साढे दुई मिनेट लामो ट्रेलर सार्वजनिक भएको हो ।

 

ट्रेलरमा मायाप्रेम र सामाजिक कथावस्तुलाई चित्रण गरिएको छ । किरण राईको निर्देशनमा बनेको फिल्ममा सन्जीव राई निर्माता, प्रयास घिमिरे कार्यकारी निर्माता र शान्ता पौडेल, मनिशा पाठक, मेनुका घिमिरे, कैलाश राई, टीआर साम्सोहाङ सहनिर्माता छन् । पूर्वी नेपालमा छायांकन गरिएको फिल्ममा बुद्धि तामाङ, भुवनसिंह राई, सारा लोहोरुङ राई, भीम शेर्मा लिम्बू, प्रकाश दाहाल, अनुप लिंगिम, सुदीपजंग कार्की, गंगबहादुर राई, सम्झना लिम्बू, रमेश बुढाथोकी, निशान लुइँटेल, स्मृति पोखरेल, सलिना गुरुङ लगायतको अभिनय छ ।

 

भूमिसा प्रोडक्सनसँग इस्टन मिडियाको सहकार्य रहेको फिल्ममा बादल लिम्बू र अनिश श्रेष्ठको संगीत, राजेशपायल राई, मेलिना राई, रचना रिमाल, आयुश प्रधान, नीमा तामाङको गायन, सागर अर्यालको ध्वनि संयोजन, मीना कार्कीको श्रृङ्गार, किरण राईको छायांकन तथा सम्पादन छ । भुवनसिंह राई, प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा लेखेका हुन् ।