२०८१ जेठ ६ , आइतवार

धुर्मुस सुन्तलीको वेब फिल्म ‘मत मर्छु कि क्याहो’

सुनाखरी न्युज/ काठमाडौं । २६ जुनमा सार्वजनिक गरिएको फिल्मले २ मिलियनबढी भ्युज पाएको छ। यो फिल्ममार्फत सिताराम कट्टेल (धुर्मुुस) र कुञ्जना घिमिरे (सुन्तली) लामो समयपछि अभिनयमा फर्किएका हुन्।

 

आफ्नो वेब फिल्मलाई दर्शकले रूचाएसँगै उत्साहित रहेको सिताराम कट्टेलले बताए। ‘मत मर्छु कि क्याहोलाई दर्शकले रूचाइरहनु भएको छ। दर्शकको साथले हौसला बढेको छ। अर्का संस्करण पनि छिट्टै सार्वजनिक गर्नेछौं,’ उनले भने। फिल्ममा धुर्मुस र सुन्तलीसँगै रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, बलदिप राई, सुमन कार्की, सुमन कोइराला, प्रमिला खनाल, घनश्याम गौतम, सुनिता घिमिरे, पुष्पा आचार्य, सुशिला थापालगायत कलाकारको अभिनय छ।

 

सुदिप बरालले छायांकन गरेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन्। फिल्मको लेखन तथा निर्देशन धुर्मुस र सुन्तली दुबैले गरेका हुन्। यो फिल्म कोरोना महामारीको समयमा चितवनमा खिचिएको हो।