२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा वृद्धि, कारोबार रकममा भने देखिएन सुधार

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले बढेको छ । आज नेप्से २८.३८ अंकले बढेर दुई हजार ७७ दशमलब ७६ विन्दुमा पुगेको छ ।

बिहिबार नेप्से ०.०६ अंकले घटेर दुई हजार ४९ दशमलब ३८ विन्दुमा बन्द भएको थियो । बजार बढेपनि कारोबार रकममा भने सुधार देखिएको छैन । आज तीन अर्ब ४ करोड २५ लाख बराबरको कारोबार भएको छ । बिहिबार नेप्सेमा तीन अर्ब ७ करोड ७४ लाख बराबरको कारोबार भएकोे थियो । बजारमा कारोबार भएका १६८ कम्पनीको शेयरमूल्य बढेको छ भने ५० कम्पनीकोे शेयरमूल्य घटेको छ । ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

 

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । रावा इनर्जी डेभलपमेन्टको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ३३१ दशमलव ७० रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.५१ प्रतिशतले बढेर प्रतिकित्ता ७४१ दशमलव ५० रुपैयाँ पुगेको छ । आज सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ७ प्रतिशत भन्दाबढिले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज १८ करोड ६० लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।