२०८१ बैशाख २५ , मंगलबार

बढ्यो सुनको भाउ

सुनाखरी न्युज/ काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ७०० रुपैयाँले बढेको छ।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको छ। गत शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।