२०८१ जेठ ५ , शनिवार

बिकिनीमा खुलेकी हलिउड अभिनेत्री सलमा हायक

सुनाखरी न्युज/ काठमाडौं । हलिउड अभिनेत्री सलमा हायकको बोल्ड बिकिनी तस्वीरले यतिबेला इन्टरनेटमा भाइरल  बनेको छ ।  ५६ वर्षको उमेरमा पनि उनी बिकिनीसहितको तस्वीरमा बोल्ड एण्ड सेक्सी देखिएकी छन् । उनले हालै इन्स्टाग्राममा आफ्नो एउटा भिडियो शेयर गरेकी छिन्, जसमा उनी स्विमिङ पुलमा देखिएकी छिन् ।

 

उनको यो अवतार देखेर फ्यान पनि छक्क छन् । अभिनेत्रीको सौन्दर्य आज पनि उस्तै रहेको फ्यानको भनाइ छ । उमेरलाई माथ दिएको चर्चा फ्यानले गरेका छन् । क्याप्सनमा लेखेकी छन्, ‘मलाई विश्वास लाग्दैन, २५ मिलियन फलोअर्स ! तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद । तपाईहरु सबैले मेरो बिकिनी तस्विररु लाई धेरै माया गर्नुहुन्छ भन्ने लागेको छ । मलाई व्यायाम गर्न मन लाग्दैन, तर मलाई पानीमा नाच्दै राम्रो समय मनाउन मन पर्छ । म साँच्चै प्रेरित छु र तपाईंको सबै माया र समर्थनको लागि आभारी छु ।’

 

 

यी बिकिनी तस्विरमा उनले बिना कुनै हिचकिचाहट आफ्नो पर्फेक्ट फिगर देखाएकी छन् । यो उमेरमा उनलाई यति फिट देखेर फ्यानले तारिफ पनि गरिरहेका छन् । अभिनेत्री हायक पछिल्लोपटक फिल्म ‘म्याजिक माइकज लास्ट डान्स’ मा देखिएकी थिइन् ।