२०८१ बैशाख १६ , आइतवार

अब डिशहोम टीभी सीधै मोबाइलमा

सुनाखरी न्युज/ काठमाडौं । डिशहोमले अब मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप ‘डिशहोम गो’ सञ्चालन गरिरहेको छ। हाल सेटटप बक्समा मात्र सीमित टीभी च्यानलहरुलाई ओटीटी प्रविधिमार्फत कम्पनीले मोबाइल डिभाइसमा उपलव्ध गराएको हो।

 

१५० भन्दा बढी लाइभ टीभी च्यानलहरु यो एपमा हेर्न सकिन्छ। सात दिनसम्मको क्याचअप सुविधा रहेको यो एपमा टीभीमा प्रशारण भएका कन्टेन्टहरु हेर्न छुटेमा सात दिन अगाडि सम्मको कन्टेन्ट फेरि हेर्न सकिन्छ। डिशहोमले आफ्ना ग्राहकलाई मात्र उपलब्ध गराइरहेको ‘डिशहोम गो’ मोबाइल एप हाल सम्पूर्ण प्रयोगकर्ता लाई निःशुल्क उपलब्ध गराएको छ।

 

डिशहोम गो एपमा लाइभ टीभीसँगै स्वदेशी तथा विदेशी चलचित्र, नेपाली भाषामा नागिन, आनन्दी, भाग्य सिन्दूरको जस्ता चर्चित सिरिज, नेपली सिरिज, कार्टुन र अन्य थुप्रै कन्टेन्टहरु हेर्न सकिन्छ। ग्राहकलाई थप मनोरञ्जन प्रदान गर्नका लागि कम्पनीले नयाँ नेपाली सिनेमा, सिरिज तथा अन्य कन्टेन्टहरु पनि थप्दै जाने योजना बनाइरहेको छ। यो एप गुगल प्ले स्टोर वा एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।