२०८१ बैशाख २६ , बुधवार

सुनचाँदीको मूल्य घट्यो

सुनाखरी न्युज/ काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ आज सुनको मूल्य प्रति तोला एक सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको हो ।

 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ७५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।