२०८१ जेठ ५ , शनिवार

न्युयोर्कको‘अ नाइट अफ नेपाली स्टार्स’कार्यक्रममा राजेश हमालको प्रस्तुति

सुनाखरी न्युज/ काठमाडौं ।  एक महिना अगाडि कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका हमाल त्यहाँका बिभिन्न कार्यक्रममा सहभागी भैरहेका छन् ।

 

भोली (जुलाई ७ मा) न्युयोर्कमा आयोजना हुन लागेको ‘अ नाइट अफ नेपाली स्टार्स’ नामक कार्यक्रममा समेत उनले विशेष प्रस्तुति दिने भएका छन् । ८ सय सिट क्षमताको म्याजिस्टिक हलमा साँझ ७ बजेदेखि सुरु हुने कार्यक्रममा राजेश हमालसँगै हाँस्य कलाकार विल्सन विक्रम राई र गायक सुगम पोखरेलको प्रस्तुति तय भएको छ ।

 

कार्यक्रमको सञ्चालन अभिनेता आशिफ शाहले गर्ने स्थानीय आयोजक रेशमजंग शाहले जानकारी दिए । कार्यक्रममा ६ सय बढी नेपाली दर्शकको उपस्थिति रहने विश्वास गरिएको छ । कार्यक्रममा नेपाली मुलका डिजे र स्थानीय कलाकारको समेत प्रस्तुति रहने छ । सो कार्यक्रमको आयोजक रेबेल इभेन्ट्स, बुद्द ट्याक्स, रुपान्तरण मिडिया र नमस्ते ग्रुप हुन् ।