२०८१ बैशाख १६ , आइतवार

पल्सरको नयाँ भर्सन एनएस १६० र २०० बजारमा

सुनाखरी न्युज/ काठमाडौं । नयाँ भर्सनको बजाज पल्सर एनएस १६० र २०० को बिक्री प्रारम्भ भएको छ । बजाजले दुवै नयाँ मोटरसाइकलको अगाडि ३३ एमएमको यूएसडी फर्क राखिएको छ । यी मोटरसाइकलमा ब्रेक भने एन २५० बाट लिएको हो । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

 

बजाज पल्सर एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम १७ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ । त्यस्तै, एनएस २०० मा १९९.५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४.५ पीएस पावर र १८.७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । एनएस २०० आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ । जसले सबैको ध्यानाकृष्ट गर्न सक्छ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक हृयान्डलिंग प्रदान गर्ने कम्पनीको दाबी छ ।

 

यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्छ । कम्पनीले पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ ।