२०८१ जेठ ८ , मंगलबार

पोखराले चिन्न नसकेको मान्छे

बाबुराम पौडेल/ लिटिल स्टेप मा. बि – माछापुच्छ्रे काखमा अवस्थित पोखराले अवश्यनै एक पर्यटकीय र रमणिय ठाउँको रुपमा परिचय दिदै आएको छ। प्राकृतिक दुष्टिकोणले आकर्षणको केन्द्रविन्दु रहेको राम्रो र हाम्रो पोखरामा जन्म लिदा मेरो लागि एक गौरव को विषय हो। विकासको कुरा गर्न पर्दा यहाँ पुर्ण रुपले विकासका पूर्वाधारले गति लिएको देखिदैन । वाटाको कुरालाई जनाउनु पर्दा फाटेको कपडालाई अर्को कुनै कपडाको टालो राखेर सिलाउदै लगाएको अनुभूति हुन्छ। यहाँ यो भन्न खोजिएको हो वनिसकेको चिल्ला बाटोलाई अन्य प्रयोजनका लागि पुन: भत्काउने र पुन:निर्माण गर्ने काम मात्र हुन्छ । यसले दक्ष जनशक्तिको अभावलाई संकेत गर्छ ।

 

फोहोरी खेल ताकि राजनितिमा नअल्झिकन पोखराको शिक्षा क्षेत्रलाई उकास्नको लागि म आफूले शिक्षण पेशालाई २०५९ साल देखि अगाल्दै आए। गुणात्मक भन्दा पनि गुणस्तर लाई प्राथमिकता दिदै मैले मेरो अध्यापनको यात्रा केफ मा.बि वाट शुरु गरे। त्यसपछि भानुभक्त मा.बि र अहिले लिटिल स्टेपमा कार्यरत छु । तीनवटा संस्थाले मेरो ज्ञानलाई सिपमा परीणत गर्न एउटा रेतीको रूपमा काम गर्दै आए। भन्नै पर्दा मैले तीनवटा संस्थालाई धन्यवाद दिनै पर्छ । दिन्छु पनि ।

 

पेशाको हिसावले म शिक्षक हुँ भन्ने जानकारी माथिवाट थाहा भयो। पोखराको शिक्षा क्षेत्रलाई नजिकबाट नियाल्ने हो भने जसरी महेन्द्रपुलको नजिक निर्माण रहेका घरहरुको दुर्गान्धित पानि सेती गई प्रदुशित भएको छ । त्यो भन्दा बढी प्रदुशित यहाँको शिक्षा क्षेत्र भएको छ। यस्तो विकराल अवस्थालाई सुधारनको लागी म लगायत अन्य दक्ष जनशक्ति रात दिन आफ्नो जिवन समर्पण गरेको पाइन्छ । यो कुरा बिगतको घटनाक्रमले देखाउँछ । कतिपय ठाउँको तथ्याङ्क संकलन गर्दा दक्षता हासिल गरेको अनुभवी व्यत्ति कुनै पनि ज्ञान नभएको व्यक्तिको नियन्त्रणमा वस्नु परेको देखिन्छ ताकि त्यो व्यक्तिलाई आफुले रुटिन बनाउन पनि आउन्न र अरुले बनाएको रुटिन हेर्ने ज्ञान पनि छैन। अझ बोल्नै पर्दा त्यस्ता व्यक्तिलाई जिम्बेवारीको पद दिई पारिश्रमिक पनि दिएको पाइन्छ । यसलाई मध्यनजर गर्दा म आफैलाई च्यापलुसी गर्ने , कुरा लगाउने जस्ता सिपको अभाव देख्दछु । र म अहिले यसको लागि तालिमको खोजीमा छु।

 

दक्ष जनशतिले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउँछ । तर शिक्षण कला र क्षमता नभएका ब्याक्तीले राजनैतिक पाटिको सदस्यता लिएपछि अध्यापन गर्नका लागि प्राथमिकतामा राखिन्छ । यस्तो परिवेस सिर्जना हुँदै आएको कारण पोखराको शिक्षाको गुणस्तर थिलो थिलो परेको छ । यसको अनुभूति शिक्षित तथा अनुभवि शिक्षकलाई अवश्यनै भएको होला। निर्दोष तथा कलिला दिमाखमा ज्ञानको ज्योति छर्न म हर बखत लागि परे । कुरा २०८० सालको वैशाख महिनाको हो । म दुई तीन वटा संस्थामा गए ।मलाई ठूलो चट्टान फोर्न ताकि विद्यालयको माथिल्लो पदको जिम्बेवारी दिने कुरा भयो। तर पारिश्रमिक कुरा गर्दा क्षमताको कदर हुन सकेन । यसरी अध्यापन गर्दा दक्ष जनशक्तिको क्षमता को सम्मान नहुने ठाउँमा शिक्षाको गुणस्तर कहाँ पुग्ला ? यस विषयलाई सोच्न आवश्यक देखिन्छ। पछिल्लो समयमा पोखराको यस्तो जनशक्ति विदेशिनुको कारण यही हुनुपर्छ ।

 

पोखराभित्र रहेका विद्यार्थीको ज्ञानको स्तर बढाउनका लागि नातावाद तथा कृपावादलाई हटाउनु पर्छ। विद्यार्थीलाई आजभन्दा दशवर्ष अघाडि प्रयोग हुने भाषा लेखाइ सुगा रटाइ गर्ने शिक्षक यही पोखरा भित्र एक दुई ठाउँमा भेटिन्छ । यसले बच्चाको सिर्जनात्मक क्षमता मार्ने काम मात्रै हुन्छ । यस्तो खालको ज्ञानले कहिले बच्चाले सफलत हासिल गर्छ? यो सबै भन्नै पर्दा दक्ष युवा जनशतिलाई प्राथमिकतामा नराखेकाले पोखराको शिक्षा क्षेत्र आ.सि.यु मा रहेको विरामीलाई कृत्रिम अक्सिजन दिए जस्तो भएको छ। मलाई हरियो वनजङ्गलले ढाकेको पहाडै पहाड पोखरा उपत्यकाको अवको केहि समय पछि नाङ्गो हुने डर लाग्छ । बच्चाको दिमाखलाई फराकिलो ज्ञानको क्षेत्रलाई विस्तार नगरी किताबी ज्ञानलाई मात्र प्रोत्साहन गर्दा वनजङल महत्त्व नबुझी फडानी हुनेछ। दक्षता हासिल गरेका शिक्षकको क्षमतालाई कदर भयो भने शिक्षा क्षेत्र बलियो हुन्छ ।

 

“कुनै पनि कितावलाई गाता हेरेर मुल्याङ्‌कन गरीनु हुदैन” भन्ने कुरा अवगत नै छ ।तर यसलाई व्यवहारिक पक्षवाट यहाँ हेरिदैन। विद्यार्थी अध्यापन गर्दा प्रत्येक पंक्ति पंक्ति शिक्षकले पढेको पाइन्छ।, यसतो खालको प्रवृति रह्यो भने पोखराको शैक्षिक स्तर नराम्रो सँग बजारीन्छ। तसर्थ पोखरेलिहरुले व्यक्तिको दक्षता, क्षमाता र अनुभवको कदर गरेमा पोखराको शैक्षिक गतिविधि प्रभावकारी भइ राम्रो गति लिन्छ।