२०८१ बैशाख २३ , आइतवार

अष्ट्रेलिया पुगेर आकाशले खुलाए आफ्नो प्रेम सम्बन्ध

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता आकाश श्रेष्ठ यतिबेला अष्ट्रेलियामा छन् ।  उनले एक नेपाली शैक्षिक परामर्शदाता संस्थाले आयोजना गरेको विद्यार्थीसँगको अन्तरक्रियामा भाग लिए ।

 

हार्वर इन्टरनेसनल कलेजको उक्त कार्यक्रममा आकाशलाई विद्यार्थीले केही जिज्ञासा राखे । आकाशले पनि रमाइलो पारामा विद्यार्थीसँग भलाकुसारी गरेका छन् । सोही अवसरमा एक विदेशी विद्यार्थीले आकाशलाई ‘आर यु सिंगल,’ भनेर प्रश्न सोधिन् । ‘म त नेपाली बुझ्दिन तर एउटा प्रश्न सोध्छु । के तपाईं सिंगल हुनुहुन्छ ?’  आकाशले पनि सोधे, ‘के तपाईं पनि सिंगल हुनुहुन्छ ? उमेर कति भयो ?’ ती विद्यार्थीले पनि आफू सिंगल रहेको र उमेर २५ वर्ष भएको बताएकी छन् । त्यसपछि आकाशले आफू भने सिंगल नरहेको जवाफ दिए । ‘आई एम नट सिंगल एनिमोर,’ उनले भने, ‘म मेरो व्यक्तिसँग प्रतिबद्ध छु । लोयल भएर भनिरहेको छु । म सिंगल छैन ।’

 

पहिलोपटक आकाशले आफ्नो रिलेसनसिप स्टाटसबारे कार्यक्रममा यसरी बोलेका हुन् । नेपालमा रहँदा उनी निजी जीवनबारेका प्रश्नबाट पन्छिने गर्थे । तर अष्ट्रेलिया पुगेर उनले रिलेसनसिप स्टाटसबारे खुलाएका हुन् । तर कोसँग रिलेसनसिपमा छु भनेर उनले खुलाएका छैनन् ।