२०८१ बैशाख २३ , आइतवार

‘मिस ग्रेस एसईई’ को ताज चोनिफाई तामाङलाई

सुनाखरी न्युज/ काठमाडौं । ‘मिस ग्रेस नेपाल’ र ‘मिस ग्रेस एसईई’ को ताज रीतु कार्की र चोनिफाई तामाङले जितेका छन् । रीतुले ‘मिस ग्रेस नेपाल’ र चोनिफाईले ‘मिस ग्रेस एसईई’ तर्फको शीर्ष उपाधि हात पारेका हुन् । रीतुले र्याम्पवाक र बेष्टफिगर उपाधि समेत हात पर्दा चोनिफाईले मिस बब्ली र मिस एथलेटिक उपाधि जितिन् ।

 

प्रतियोगतिामा मनिषा लामिछाने फष्ट रनरअप, मिस क्रियटिभ र मिस मल्टिमिडियाको उपाधि जित्दा स्वस्तिका सिग्देल सेकेन्ड रनरअफ, मिस पंच्युअल, मिस मोष्टपपुलर र भियुर च्वाइस उपाधि हात पारिन् । प्रतियोगितामा प्रशुना भुजेलले ब्राण्ड एम्बेसडरको अलवा मिस ट्यालेन्टर, मिस स्टाइल डिभा र अनुपा हमाल ठकुरीले फेसअफ ग्रेसको अलवा पोटोजेनिक र ग्ल्यामरलुक उपाधि पाए । जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा समाजसेवी तथा ग्रेस ईभेन्टका महासचिव पवन कोइराला, फेसन प्रशिक्षक जेनी लगुन मेकअप आर्टिस टेकराज पाण्डे निर्णायक रहेका थिए ।

 

सुशान्त काजी श्रेष्ठको कोरियोग्राफी रहेको प्रतियोगिता दिवस राज भट्टराई र ऋतिका शाहले ब्यवस्थापन जिम्मेवारी निर्वाह गरेका थिए । प्रतियोगितामा ग्रेस इभेन्टका अध्यक्ष शिशिर तण्डन, बिन्द्र प्रजापति, धर्मराज पनेरु, सौरभ मल्ल ठकुरी, अनिस कार्की, सरला राई, प्रिती तामाङलगायतको उपस्थिति थियो ।