२०८१ बैशाख २२ , शनिवार

रेखाको फिल्ममा एलिनाले गीत गाउँदै

सुनाखरी न्युज/ काठमाडौं । रेखा फिल्म्सबाट बन्ने नयाँ फिल्मको सोमबार गीत रेकर्डिङ गरिएको छ। बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको गीतमा एलिना चौहानले स्वर दिएकी छन्।

 

गायनमा एलिनालाई बाबुलले साथ दिएका छन्। गायिका एलिनाले फिल्मको लागि पहिलो पटक गीत गाएकी हुन्। फिल्मको लागि गीत गाउन पाउँदा आफू उत्साहित रहेको उनले बताइन्। अभिनेत्री रेखाले एलिनाको गीतलाई दर्शकले रूचाउने बताइन्। ‘रेखा फिल्म्सले जहिल्यै पनि नयाँ प्रतिभालाई अवसर दिदै आएको छ। पाश्र्व गायनमा एलिनाको भविष्य उज्वजल देखेकी छु। यो गीत दर्शकले रूचाउनेमा विश्वस्त छु,’ उनले भनिन्।

 

ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने फिल्ममा रेखासँगै पूजा शर्माको मुख्य भूमिका रहनेछ। फिल्मको छायांकन साउनको दोस्रो साताबाट सुरू गरिने बताएको छ।