२०८१ बैशाख २१ , शुक्रवार

२०८६ सालसम्म बेरोजगारीको संख्या ३ लाखमा झार्ने योजना आयोगको योजना

सुनाखरी न्युज/ काठमाडौं । राष्ट्रिय योजना आयोगले समग्र मानव संशासनविकास योजना तर्जुमालाई अगाडि बढाएको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन तयार पारेर छलफल अघि बढाएको हो ।

देश विकासको लागि मानव संशाधन विकासको महत्वलाई दृष्टिगत गरी राष्ट्रिय योजनाआयोगले समग्र मानव संशाधनविकास योजनातर्जुमागर्ने कार्यलाई अगाडि बढाएको हो । यसकालागिआयोगका सदस्य डा.पौडेलको संयोजकत्वमाप्रधानमन्त्रीकार्यालय, अर्थमन्त्रालय, संघीय मामिलामन्त्रालय साथैविश्वविद्यालयतथा नेपालउद्योग वाणिज्य महासंघ, निजी क्षेत्रका विद्यालय लगायतका प्रतिनिधि सदस्य रहने गरी निर्देशक समिति गठन गरेको थियो । निर्देशक समितिमानिजी क्षेत्रकातर्फबाट महासंघका अध्यक्षचन्द्र प्रसाद ढकाल सदस्य छन् ।

समग्र मानव संशासनविकास योजनातर्जुमालाई अगाडि बढाउन कार्यशर्त तोकेर परामर्शदातालाई प्रतिवेदनतयार गर्न लगाइएको थियो । परामर्शदाताले गतअसार २० गते प्रतिवेदनको अन्तिम मस्यौदा प्रस्तुतिकरण गरेका छन् । मस्यौदा प्रतिवेदनमा नेपालको विद्यमानमानव संशाधनको अवस्था, रोजगारी र वेरोजगारीको अवस्था २०८६ सालसम्म सृजनाहुने सम्भाव्य रोजगारीको प्रक्षेपणसहितको विवरण समावेश गरिएको छ । देशमाहालकरिब ९ लाख बेरोजगार रहेकोमावि.सं. २०८६ सम्म ३ लाखमाझार्ने, सार्वजनिक र निजी क्षेत्रमा रोजगारीको विस्तार गर्ने, सीपमूलकतालिमको विस्तार गर्ने लगायतकाविषयहरु प्रतिवेदनमा समावेश गरिएको छ ।

यसकालागि सीपयुक्त रोजगारी सृजनागर्न मानव संशाधनविकास योजनापनिविस्तृत रुपमा सुझाइएको छ । १४ वटा कार्यक्षेत्र भित्र रहेर विभिन्न सुझावहरु प्रस्तुतगरिएको छ । मस्यौदालाई थ परिस्कृत र यथार्थ बनाउननिर्देशक समितिका सदस्यहरुबाट प्राप्त सुझावहरुलाई समावेश गर्न समितिको संयोजक डा. रमेश पौडेलले निर्देशनदिएका छन् । प्रक्षेपणमा सिमुलेशनप्रयोग गरी विभिन्नसिनारियो प्रस्तुतगर्न पनि सुझाइएको छ । अन्तिमप्रतिवेदनप्राप्त भएपछि यसको कार्यान्वयनकालागि राष्ट्रिय योजनाआयोगले आवश्यक समन्वयगर्ने पनि समितिका संयोजक डा. पौडेलले बताउनु भएको छ ।