२०८१ बैशाख २२ , शनिवार

आजबाट प्रसारणमा आयो नारी टिभी

 

सुनाखरी न्युज /  काठमाडौं– नेपालको पहिलो महिला टिभी च्यानलको रुपमा नारी टेलिभिजन एचडीले आजबाट प्रशारण सुरु गरेको छ।बुधबार बाजुराको बुढीगंगा नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै टेलिभिजनको औपचारिक रूपमा प्रसारण सुरू गरिएको हो। टेलिभिजनमा माइती घर र आजको नारी नामक कार्यक्रम प्रसारण गरिएको छ।

 

नारीहरुको नसुनिएका कथा, उत्पीडनको व्यथा, परिवर्तनमा नारीहरुको अग्रसरता जस्ता विषयलाई टिभीले प्राथमिकतामा राख्ने जनाइएको छ। बाजुराको बुढीगंगा नगरपालिका–१० मा एक कार्यक्रम गरी टिभीको प्रशारण सुरु गरिएको हो।

 

सोही अवसरमा बाजुरामा १५ जना एचआईभी पीडित महिलाहरुलाई खाद्यानसँगै ३ महिनाका लागि पोट्रिन डाईट औषधिर सय जना एकल महिलाहरुलाई दैनिक उपभोग्य खाद्यान सामाग्री वितरण समेत गरिएको छ।समारोहमा उपस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले टेलिभिजनको भिडहरूमा नारी टिभीले फरक उद्देश्य र महत्व राख्ने बताए।

फिल्म क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ लाई ‘नारी टिभी’ को रूपमा प्रसारणमा ल्याइएको हो। च्यानलकी अध्यक्ष निकिता पौडेल हुन्।