२०८१ बैशाख २३ , आइतवार

बलिउडका चर्चित अनस्क्रिन जोडीहरु

सुनाखरी न्युज / काठमाडौं –  बलिउडमा यस्ता कयौं जोडी छन्, जुन जोडीले सिल्भर स्क्रिनमा आफ्नो जादु देखाएर दर्शकको मुटुमा बस्न सफल भएका छन्।

 

-काजोल र शाहरुख खानको अनस्क्रिन जोडीलाई पनि बलिउडमा चर्चित र हिट जोडीका रूपमा लिइन्छ। यो जोडीले बाजीगर,  करनअर्जुन, दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है, कभी खुशी कभी गम र दिलवालेजस्ता चर्चित फिल्ममा स्क्रिन साटासाट गरे। काजोलले अजय देवगनसँग विवाह गरिन् भने शाहरुखले गौरी खानसँग विवाह गरे।

 

– दिग्गज अभिनेता अमिताभ बच्चन र रेखाको अनस्क्रिन जोडीलाई रुचाउनेको संख्या पनि कम्ती छैन। नमक हराम, दो अनजानो, मिस्टर नटवरलाल, सुहाग, सिलसिलाजस्ता फिल्ममा देखिएको जोडीले पर्दामा निकै रोमान्स गर्यो। अमिताभले जया बच्चनसँग विवाह गर्दा रेखाले मुकेश अग्रवालसँग १ वर्षमात्र बिताइन्। किनकि सन् १९९१ माा मुकेशले आत्महत्या गरे।

 

-अक्षय कुमार र रविना टन्डनको अनस्क्रिन जोडीलाई नै बलिउडमा सबैभन्दा धेरै रुचाइएको जोडीका रूपमा लिइएको छ। यो जोडीले मोहरा, खिलाडियोंका खिलाडी, कीमत, बारुद, पुलिस फोर्सजस्ता हिट फिल्म दिएर दर्शकको मन जितेको थियो।