२०८१ बैशाख २२ , शनिवार

एकल महिलालाई नि:शुल्क ‘बगान’ देखाउने घोषणा

सुनाखरी न्युज/ काठमाडौं । अभिनेता तथा निर्देशक सरोज खनालले मुलुकका एकल महिलालाई निःशुल्क रुपमा फिल्म ‘बगान’ देखाउने घोषणा गरेका छन् ।

 

ट्रेलर सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले फिल्मको कथावस्तु पनि एकल महिलामा आधारित भएकाले उनीहरुको सम्मानका लागि यस्तो निर्णय गरिएको खनालले बताए ।

 

समारोहमा उपसभामुख इन्दिरा राना, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सञ्चारकर्मी बबिता बस्नेत, अभिनेत्री करिश्मा मानन्धरकी आमा कोमलकुमारी केसी र अभिनेत्री पूजा शर्माकी आमा दुर्गा सापकोटालाई सम्मान गरियो । एकल महिलालाई शैक्षिक रुपमा सशक्त बनाउनुपर्छ भन्ने कथावस्तु पनि फिल्मले पेश गर्ने अभिनेता खनालले बताए । फिल्म असार २९ गते रिलिज हुँदैछ ।