२०८१ बैशाख २५ , मंगलबार

आज पनि बढ्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ।

 

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।

 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।