२०८१ बैशाख ३१ , सोमवार

नयाँ मास्टर डिजाइन भएको रियलमी ११ प्रो सिरिज ५ जी नेपालमा लन्च हुँदै

सुनाखरी न्युज/ काठमाडौं । सबैभन्दा विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बह–ुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपालीबजारमा चाँडै उपलब्ध गराउने भएको छ ।

रियलमी ११ प्रो सिरिज ५जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर निर्धारण गरिदिएको छ । नयाँँ रियलमी ११ प्रो ५जी को क्यामरा मात्रनभएर डिजाइन पनिउत्तिकै दमदार र लक्जरियस रहेको छ । प्रसिद्ध ब्रान्ड गुच्चीकापुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।

 

 

उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामराले आखाँलाई लोभ्याउँछ । फेसनको लागि प्रसिद्ध मिलानको शैलीबाट प्रेरित यो डिजाइनले प्राचिनवास्तुकलामा सूर्यको किरण पर्दा आउने सुनौलो चमकलाई प्रतिनिधित्वगर्दछ । यसका डिजाइनर म्याट्टिओ मेनोट्टो गुच्चीकाउत्कृष्ट प्रिन्टहरुको लागि चिनिन्छन् । उनले भने “मेरो हृदयमामिलानको विशेष स्थान रहेको छ र यो ठाउँले मलाई अनन्त प्रेरणा प्रदान गरेको छ । रियलमी ११ प्रो ५जीको डिजाइनमा मैले मिलानको सौन्दर्य र कालजयीआकर्षणलाई कैद गर्न खोजेको थिँए । यसको लेस–जस्तो स्ट्रिपले मिलानी फेसनको मिहिनतालाई प्रतिनिधित्वगर्दछ भने लिची लेदरको ब्याकले विलासिता र परिष्कारको झलक दिन्छ।”

 

१०० एमपिको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १००वाट सुपरभोकचार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमाआएको छ। २०,००० लेभलकोअटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा१२०हर्जको कभ्र्ड भिजन डिस्प्ले पनि रहेको छ । त्यस्तै यसमाभएको २१६० हर्जको डिमिङ फ्रिक्वेन्सी यो सेग्मेन्टको सबैभन्दाउच्च डिमिङ फ्रिक्वेन्सी हो ।

 

रियलमी ११ प्रो ५जीःप्रिमियम२१६०हर्जपिडब्ल्युएमडिमिंग विथ कभ्र्ड भिजन डिस्प्ले
रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो+ ५जीको जस्तै छ । यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमाविश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन् । यीफिचरहरुले प्रयोगकर्तालाई चलाउँदा सहजहुनुको साथै आँखामापनिआराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कारहरू पनिपाएको छ ।

 

दमदार प्रदर्शन, कमपावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको छ । यसमा डाइमेन्सिटी ७०५० ५जीप्रोसेसर, १२ जीबी ¥याम, र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमीयुआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरूले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन् । रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रंगहरूमाउपलब्ध छ । १००

एमपी डिरेक्ट आउटपुट, २ एक्स् लसलेस जुम, अटो–जुममोड, सुपर नाइटस्केप मोड, र स्ट्रीट फोटोग्राफीमोड ४.० जस्ता फिचरहरुले रियलमी ११ प्रो लाई झनै उत्कृष्ट बनाएका छन् ।