२०८१ बैशाख २१ , शुक्रवार

नेप्सेमा गिरावट, दुई कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चौथो दिन आज बुधबार दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३९.२६ अंकले घटेर दुई हजार ४९ दशमलब ४४ विन्दुमा झरेर बन्द भएको हो ।

 

आज तीन अर्ब ७ करोड ३९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १४ कम्पनीको शेयरमूल्य बढेको छ भने २०८ कम्पनीकोे शेयरमूल्य घटेको छ । २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सिटी होटल्सको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६१५.६० रहेका छ भने रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयरमूलय पनि ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता २७४.२० रुपैयाँ पुगेको छ ।

 

आज सबैभन्दा बढी बिपीडब्लु लघुवित्त वित्तीय संस्था र मोदी इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको आज १६ करोड ४९ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।