२०८१ जेठ ५ , शनिवार

‘द कपिल शर्मा शो’ मा फेरि फर्कने भए नवोजित सिंह सिद्धू

सुनाखरी न्युज / काठमाडौं  – नवजोत सिंह सिद्धू चाँडै ‘द कपिल शर्मा शो’ मा फर्किने भएका छन् ।‘द कपिल शर्मा शो’ को यही सिजनमा आफू फेरि एकपटक देखिने कुरा भारतीय सञ्चार माध्यमहरुले पुष्टि गरेका छन् ।

 

‘द कपिल शर्मा शो’मा नवजोत सिंह सिद्धूको पुनरागमन निश्चित भएको छ नयाँ प्रोमोमा सिद्धूसहितका केही कलाकार देखिने जनाइएको छ । सिद्धूसँगै रेणुका शहाणे, मिनी माथुर, परिजाद कोलाह र ऋचा अनिरुद्धले समेत स्टेज सेयर गर्ने भएका छन् ।

 

कपिल शर्माले सिद्धूको नाम घोषणा गरेर अर्चना पुरन सिंहलाई चिढ्याएका छन् । ‘ठोको ताली’ भन्दै ढोकातिर हेरेर कपिलले यस्तो ईशारा गर्दा अर्चना चिढिएकी थिइन् ।