२०८३ बैशाख २१ , सोमवार

कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक

सुनाखरी न्युज  / काठमाडौं –  नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । असार २७ गते केन्द्रीय कार्यालय सानेपामा कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए। शीर्ष नेताको छलफलपश्चात बैठक बोलाइएको उनले बताए। बुधबार देउवा निवास धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीहरूबीच भएको बैठकले केन्द्रीय समिति बैठक आह्वान गर्ने समझदारी गरेका हुन्।

 

कांग्रेसले गत वर्ष साउनमा केन्द्रीय समिति बैठक राखेको थियो। विधानअनुसार प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने हुन्छ। झण्डै एक वर्षदेखि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन। पार्टी विधान अनुसार केन्द्रीय कार्यसमितिको बैठक प्रत्येक दुई महिनामा कम्तीमा एक पटक बस्ने उल्लेख छ ।

 

तर सभापति शेरबहादुर देउवाले कांग्रेसले केन्द्रीय समितिको सट्टा केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउँदै आएका छन्। लामो समयसम्म केन्द्रीय बैठक नबसेपछि केन्द्रीय सदस्यहरुले बैठक राख्न सभापति देउवासमक्ष माग गर्दै आएका छन्।