२०८१ जेठ ४ , शुक्रवार

तलब नपाएपछि वीपी कोइराला क्यान्सर अस्पतालका कर्मचारी आन्दोलित

 

सुनाखरी न्युज  / काठमाडौं – चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यरत कर्मचारीले महिनौँसम्म तलब नपाएपछि आन्दोलित भएका छन् । तीन महिनादेखिको तलब खान नपाएको भन्दै कर्मचारीले आज केहीबेर प्रशासन घेराउ गरेका छन् ।कर्मचारीले वैशाखदेखिको तलब खान नपाएको बताएका छन् ।

 

कार्यकारी निर्देशक नियुक्ति हुन नसक्दा अस्पतालमा समस्या देखिएको हो । कर्मचारीले तलब नपाएको बताएका छन् भने फार्मेसीमा औषधिको अभाव हुन थालेको छ ।कार्यकारी निर्देशक डा। देजकुमार गौतमको कार्यकाल गत वैशाखमा सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्ति हुनसकेको छैन ।

 

कार्यकारी निर्देशक नियुक्ति नहुनु, कर्मचारीले तलब नपाउनु, फार्मेसीमा औषधिको अभाव हुनुले आफूरूलाई काम गर्न र विरामी उपचारमा समस्या देखिएको भन्दै धर्ना दिएका हुन् । तीन महिनायता तलब नपाएपछि आफूहरू काम गर्ने मनस्थितमा नभएको एक कर्मचारीले बताए ।