२०८१ जेठ ५ , शनिवार

चर्चित गायक रविन तामाङको निधन

 

सुनाखरी न्युज /  काठमाडौं  –  चर्चित गायक तथा सङ्गीतकार रविन तामाङको निधन भएको छ । उनकी दिदी भगवती तामाङले मंगलबार रविनको निधन भएको बताएकी छन् ।पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानिलकण्ठ–५ चिसेनीस्थित घरमा रविनको निधन भएको हो ।उनको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

 

दर्जनौँ गीत गाएका रविन अभिनयमा पनि उत्तिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र ‘चिसो एष्ट्रे’को शीर्ष गीतमा पनि स्वर दिएका उनी ‘रविन एण्ड द न्यू रेभोलुसन’ ब्याण्डका भोकलिस्ट पनि हुन् ।

 

लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी सन् १९९६ मा नेपाल आएका थिए ।लाहुरे परिवारका रविनको जन्म सिंगापुरमा भएको थियो । सिंगापुरमै अध्ययन गरेका उनी अमेरिकी गायक तथा संगीतकार जिमी हेन्ड्रिक्स र रक ब्यान्ड डीप पर्पलबाट प्रभावित थिए । सन् १९९६ मा नेपाल आएका उनले गाएका ‘दम मारो दम’, ‘कल्पना’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’ जस्ता कयौं गीत युवापुस्तामाझ चर्चित छन् ।

 

उनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा अभिनय गरेका छन् । हिन्दी थ्रिलर वेब सिरिज ‘दि लास्ट आवर’मा समेत रविनको अभिनय रहेको छ ।