२०८१ बैशाख २२ , शनिवार

नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सुनाखरी न्युज/ काठमाडौं । नागरिक लगानी कोषको २४ हजार कित्ता संस्थापक शेयर असार २० गतेदेखि बिक्रीमा आएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर खरीद गर्न योग्य जो कोही लगानीकर्ताहरूले असार २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

शेयरको मूल्य प्रतिकित्ता रू. १ हजार ४५ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । यो शेयर बाँडफाँटमा प्राप्त गर्ने शेयरधनीहरूले असार २० गतेपछि कम्पनीले घोषणा गर्ने लाभांश तथा हकप्रद शेयर समेत प्राप्त गर्ने जानकारी कम्पनीले दिएको छ ।

 

यो शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापटल लिमिटेड रहेको छ ।