२०८१ बैशाख २९ , शनिवार

नवनिर्वाचित सिएनआई पदाधिकारी–श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बीच भेटवार्ता

सुनाखरी न्युज/ काठमाडौं । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबीच भेटवार्ता गर्नुभएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गर्नुभएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले कर्मचारीहरुको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्येनजर गरेर बृद्धि गरिनुपर्ने बताउनुभयो ।

मन्त्रीद्धय शरतसिंह भण्डारी र अमनलाल मोदीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुँदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, परिसंघका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छायाँ शर्मा सहभागी हुनुहुन्थ्यो ।