२०८१ बैशाख २६ , बुधवार

नेप्सेमा वृद्धि, कारोबार रकममा भने गिरावट

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से १२.७३ अंकले घटेर दुई हजार ८८ दशमलब ७० विन्दुमा पुगेको छ । सोमबार नेप्से २१.३२ अंकले घटेर दुई हजार ७५ दशमलब ९७ विन्दुमा झरेर बन्द भएको थियो ।

 

बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । आज दुई अर्ब ५७ करोड ६१ लाख बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा चार अर्ब ५ करोड १० लाख बराबरको कारोबार भएको थियो । बजारमा कारोबार भएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ भने ७२ कम्पनीकोे शेयरमूल्य घटेको छ । नौं वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५९ दशमलव ७० रुपैयाँ पुगेको छ ।

 

आज सबैभन्दा बढी बिपिडब्लु लघुवित्त कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी नागरिक लगानी कोषको भएको छ । यस कम्पनीको आज १२ करोड १७ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।