२०८१ बैशाख २६ , बुधवार

थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड

सुनाखरी न्युज/ काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ आज मंगलबार (असार १९ गते) बाँडफाँड गरिएको छ।

 

धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको काठमाण्डौ ठमेलस्थित कार्यालय थ्रीस्टार हाइड्रोपावरको आईपीओ बाँडफाँड गरिएको हो। आईपीओ बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको थियो।

 

कम्पनीले गत असार ५ गतेदेखि असार ८ गते सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कर्मचारीलाई १४ हजार ७७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९३८ कित्ता सेयर छुट्याएर बाँकी ६ लाख १३ हजार १६२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरेएको थियो। यो आईपीओमा कुल १० लाख २४ हजार ४६ आवेदकबाट कुल १ करोड ९ लाख ७९ हजार ७६० कित्ता माग भएको थियो। जसमा १० लाख २१ हजार १९८ आवेदकबाट परेको १ करोड ९ लाख ४४ हजार ५६० कित्ता सेयर सदर भएको छ भने २ हजार ८४८ आवेदकबाट परेको ३५ हजार २०० कित्ता बदर भएको छ।

 

मागभन्दा बढी आवेदन परेका कारण यो आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको छ। जसमा भाग्यमानी ६१ हजार ३१६ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। तिनै भाग्यमानीबाट २ जनाले थप १–१ कित्ता सेयर पाएका छन्। यो आईपीओको अन्तिम नतिजा केहीबेरमा सार्वजनिक हुनेछ। अन्तिम नतिजा धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटल र आईपीओ जारी गर्ने कम्पनी थ्रीस्टार हाइड्रोपावरको वेबसाइटमा र सीडीएससीको iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।