२०८१ बैशाख २५ , मंगलबार

बढ्यो सुनचाँदीको भाउ

सुनाखरी न्युज/ काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्ड ४०० रुपैयाँ र तेजाबी गोल्ड ३५० रुपैयाँले बढेको हो।

यो सँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको छ। हिजो प्रतितोला फाइन गोल्ड १०० रुपैयाँ र तेजाबी गोल्ड ५० रुपैयाँले रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले बढेर १ हजार ३७५ रुपैयाँ कायम भएको छ। हिजो भाउ स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो। रासस