२०८१ जेठ ६ , आइतवार

अन्तरंगका प्रश्न सोध्न थालेपछी ऋषि धमलालाई करिश्माले दिइन चेतावनी

सुनाखरी न्युज/ काठमाडौं । नेपाली चलचित्रकी अभिनेत्री करिश्मा मानन्धरले पत्रकार ऋषि धमलासँग आफूलाई कलाकारिताबारे मात्रै प्रश्न गर्न आग्रह गरेकी छन् ।

 

प्राइम टेलिभिजनमा धमलाले सञ्चालन गर्ने गरेको कार्यक्रममा अतिथिका रूपमा पुगेकी करिश्माले धमलालाई यस्तो आग्रह गरेकी हुन् ।करिश्माले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् । सो कार्यक्रमको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्,‘कलाकार हुँ ! चलचित्र ‘बगान’ गरेको छु ! कलाकारिताबारे मात्रै प्रश्न गर्नुस् !

 

पत्रकार धमलाले आफ्नो अन्तवार्तामा ल्याएका अतिथिहरूलाई विभिन्न अन्तरंगका प्रश्न सोध्ने गरेका छन् । कलाकार तथा राजनीतिज्ञहरूलाई ‘अत्यन्त व्यक्तिगत’ प्रश्न सोधेको आरोप उनीमाथि लाग्दै आएको छ । सोही कारण उनी विवादमा पर्ने गरेका छन् ।