२०८१ जेठ ६ , आइतवार

पूजाले भनिन् मैले दसैंमा बिहे गर्न लागेको खबर झुटो हो

सुनाखरी न्युज  / काठमाडौं –  अभिनेत्री पूजा शर्मा आगामी विजया दशमीमा प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर झुटो भएको बताएकी छिन् । यसपटक विजया दशमी कात्तिक ७ मा परेको र दसैंमा विवाह गर्ने तयारी नभएको उनले बताएकी हुन ।

 

आगामी विजया दशमीमा उनले प्रेमी युद्ध बानियाँसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ। तर उनले दसैंमा विवाह गर्ने तयारी नभएको बताइन्।‘मेरो बिहेको कुरा मलाई थाहा छैन।

दसैंमा बिहे गर्न लागेको भन्ने खबर झुटो हो। कात्तिकमा पनि बिहे हुन्छ र १’ उनले भनिन्। पूजा हाल फिल्म दान्भीको छायांकनमा व्यस्त छिन्। उनी फिल्म दान्भीमा एक्सन अवतारमा देखिने भएकी छन्।

 

रूपेश तामाङले निर्देशन गर्ने फिल्ममा पूजासँगै अभिनेता कुन्साङ बोमजमको अभिनय रहनेछ। उनी लभ स्टोरी फिल्ममा रूचाइएकी अभिनेत्री हुन्।  प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २, रामकहानी जस्ता लभ स्टोरी फिल्ममा देखिएकी उनी पहिलो पटक एक्सन फिल्ममा देखिन लागेकी हुन्।