२०८३ कार्तिक ९ , आइतवार

अर्कैका छोराछोरीलाई नागरिकता दिलाउन खोज्ने दम्पती पक्राउ

सुनाखरी न्युज  / काठमाडौं –  झुटो विवरण पेश गरेर नागरिकता दिलाउने प्रयास गरेको आरोपमा बुटवलमा दुई जना पक्राउ परेका छन् । इलाका प्रशासन कार्यालय बुटवलका अनुसार बुटवल उपमहानगरपालिका–१ का ४२ वर्षीय रमेश कसौधन र उनकी श्रीमती ४२ वर्यीया सीता कसौधनलाई आज सोमवार पक्राउ गरिएको हो ।

 

कसौधन दम्पतीले आफूसँग नाता नै नरहेका एक जनालाई छोरा र दुई जनालाई छोरी भनेर झुटो विवरण पेस गरेका थिए ।उनीहरुले आफूसँग सम्बन्ध नभएका दुई जनालाई छोरी र एक जनालाई छोरा भनी नागरिकता बनाइदिन खोजेको आरोप छ ।

 

नागरिकता बनाउन इलाका प्रशासन कार्यालय बुटवलमा आइतबार पुगेका उनीहरुलाई झुटो विवरण पेश गरेको सूचनाको आधारमा नियन्त्रणमा लिएको सूचना अधिकारी ज्ञवालीले बताए ।पक्राउ परेका रमेशले २०६७ जेठ ३० गते सीतासँगको विवाह दर्ता र छोरा मनोज तथा सरिता र सन्ध्या भन्ने छोरीहरू हुन् भनेर जन्मदर्ता गराएको देखिन्छ । रमेशले २०७६ सालमा सीतालाई वैवाहिक अङ्गीकृत नागरिकतासमेत दिलाइसकेका थिए ।