२०८१ बैशाख १७ , सोमवार

पतिको खुकुरी प्रहारबाट पत्नि गम्भीर घाइते

सुनाखरी न्युज  / काठमाडौं –  मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार बिहान खुकुरी प्रहार गरेका छन् ।  मोरङको बूढीगंगा गाउँपालिका–३ मा एक जना युवाले आफ्नै श्रीमतीमाथि सोमबार बिहान खुकुरी प्रहार गरेका छन् ।

 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार ३७ वर्षीय भवेन्द्र डेकाले पत्नी २५ वर्षीया रेखा भगतलाई बूढीगंगा–३ स्थित दुर्गाचन्द्र राइस मिलअगाडि बिहान ६: ३५ बजेतिर खुकुरीले हानेका हुन । उनका अनुसार खुकुरी प्रहारबाट रेखाको दाहिने नाडी र हातका २ वटा औंलामा गहिरो चोट लागेको छ ।

 

भारतको आसाम घर भएका भवेन्द्र पत्नीसँगै सुनसरीको दुहवी नगरपालिका–७ भलुवास्थित ससुराली घरमा बस्दै आएका थिए ।
पतिको खुकुरी प्रहारबाट रेखा गम्भीर घाइते भएकी छन् ।

 

गम्भीर अवस्थाकी उनलाई उपचारका लागि मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको डीएसपी दाहालले बताए । सामान्य पारिवारिक विवादमा उनले पत्नीमाथि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।