२०८१ बैशाख १७ , सोमवार

स्कुलको गेटले किचेर बालकको मृत्यु, एक घाइते

सुनाखरी न्युज  / काठमाडौं –  सर्लाहीको हरिवन ९ सुखेपोखरीस्थित ज्ञानज्योति आवासीय इङलिस बोर्डिङ स्कुलको गेट भत्किँदा एक बालकको मृत्यु भएको छ। घटनामा अर्का एक बालक गम्भीर घाइते भएका छन्।

 

घरबाट  सोही विद्यालयकै बसमा आएका बालबालिका स्कुल गेट नजिक झर्दै गर्दा विद्यालयको गेट भत्किँदा घटना भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापाले जानकारी दिए। फलामे गेटले थिच्दा गम्भीर घाइते भएका बालकद्वयलाई उपचारका लागि हरिवनमै रहेको नमूना अस्पताल लगिएको थियो।

आयुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा अर्का चार वर्षीय बालक आदित्य बल गम्भीर घाइते भएका छन्।