२०८१ बैशाख १७ , सोमवार

चर्चित क्लब एलओडी पुगेकी १५ वर्षीया बालिका बलात्कृत

सुनाखरी न्युज / काठमाडौं । काठमाडौंको ठमेलस्थित एलओडी पुगेकी एक १५ वर्षीया बालिका बलात्कृत भएकी छन् । उदयपुर स्थायी घर भई कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरिएको हो ।

 

बलात्कार आरोपमा ललितपुर प्रहरीले पोखरा घर भई हाल ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनबहादुर कोइरालालाई पक्राउ गरेको छ । ललितपुर प्रहरीका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार सुदनले १५ वर्षीया बालिकालाई ३१ जेठमा एलओडी क्लबबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएर बलात्कार गरेका हुन् ।

 

बागडोलमा कोइरालाको अफिस थियो । सोही कार्यालयमा लगेर उनले बालिकालाई बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको शाहले बताए ।