२०८१ जेठ ६ , आइतवार

घट्यो सुनको भाउ,कतिमा हुँदैछ करोबार ?

Gold

सुनाखरी न्युज / काठमाडौं ।नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला फाइन गोल्डमा १०० रुपैयाँ र तेजाबी गोल्डमा ५० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १० हजार रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड १ लाख १० हजार १०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ भने स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले बढेर १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।