२०८२ चैत्र १ , आइतवार

ललिता निवासमा पुग्यो महानगर प्रहरी

सुनाखरी न्युज /  काठमाडौं – काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको सार्वजनिक जग्गा संरक्षण गर्नका लागि महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वको टोली बालुवाटार पुगेको छ ।

 

ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् ।

 

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको छ । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताएका छन ।