२०८१ बैशाख २२ , शनिवार

शेयर बजारमा पहिरो, कारोबार रकम पनि घट्यो

Share Down

सुनाखरी न्युज/ काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार उच्च अंकले घटेर बन्द भएको छ । आज नेप्से ५३.७० अंकले घटेर दुई हजार ९७ दशमलब २९ विन्दुमा बन्द भएको हो ।

 

शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ५ अर्ब ८ करोड १९ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १८ कम्पनीको शेयरमूल्य बढेको छ भने २०७ कम्पनीकोे शेयरमूल्य घटेको छ । आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । बिपीडब्लु लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ४१३ रुपैयाँ पुगेको छ । त्यस्तै, सिटी होटल्सको शेयरमूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४६२ दशमलव ७० रुपैयाँ पुगेको छ ।

 

आज सबैभन्दा बढी श्रृजनशील लघुवित्त वित्तीय संस्था र माउन्टेन इनर्जीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन लाइफको भएको छ । यस कम्पनीको आज ४२ करोड ५६ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।