२०८१ बैशाख १७ , सोमवार

जुवातास खेलिरहेको अवस्थामा पक्राउ

 

सुनाखरी न्युज /  काठमाडौं –  काठमाडौं महानगरपालिका – १८ नरदेबी बस्ने बिनिता पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ७४ वर्षीय चौथिनारायण महर्जन समेत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

पौडेलको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार २ सय १० रूपैयाँ र ४ बुकतास सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।