२०८१ जेठ ६ , आइतवार

नायक आमेश भन्छन–‘समिक्षा अधिकारीसँग विवाह गर्न तयार छु

 

सुनाखरी न्युज / काठमाडौं – नायक आमेश भण्डारीले आफूले गायिका समिक्षा अधिकारीको खराब परिस्थितिमा साथ दिएको स्पष्ट पारेका छन । अहिले आफू र समिक्षा एकदमै मिल्ने साथी बनेको उनको भनाई छ ।

 

टिकटक भिडियोमा यी दुईको केमेस्ट्री पनि देख्न सकिन्छ । एकअर्कालाई साथी भन्दै बर्थडे विस पनि गरिरहेका हुन्छन् । यी सबथोक हेर्दा यी दुईबीच निकटता रहेको बुझ्न कठिन छैन ।अभिनेता आमेश भण्डारीले आफू गायिका समीक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् ।

 

टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन । ‘समीक्षाको परिवार तपाईँको परिवारमा केटा माग्न आउनुभयो भने के भन्नुहुन्छ ?’ प्रस्तुतकर्ता प्रकाश सुवेदीको प्रश्नमा आमेशले जवाफ दिएका छन ‘हुन्छ भन्छु । मेरो उमेर पनि भयो ।’