२०८१ बैशाख २१ , शुक्रवार

यसरी हटाउनुहोस् आँखामुनिको डार्क सर्कल

 

सुनाखरी न्युज /  काठमाडौं –  पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल ( कालो घेरा )  देखा पर्छ, जसले हाम्रो सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कमीको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्ने गर्दछ ।

-भिटामिन ‘सी’ले दिमागमा सेराटोनिन नामक रसायन उत्पादन गर्दछ । जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ । अनि, डार्क सर्कल बिस्तारै हट्दै जान्छ ।अंगुर, ब्लुबेरी, बन्दाकोबी, केराउ आदि जस्ता भिटामिन ‘के’युक्त खानेकुराको सेवनले डार्क सर्कल कम गर्छ ।

-आँखावरिपरि काँचो आलुको टुक्राले मसाज गर्दा कालो घेरा कम हुँदै जान्छ ।

-कागती र टमाटरको प्याक बनाएर लगाउँदा डार्क सर्कल हटेर जान्छ । जसलाई १० देखि १५ मिनेटसम्म लगाएर त्यसपछि धुन सकिन्छ ।

-भिटामिन ‘ई’ क्याप्सुल र बदामको तेल मिलाएर लगाएमा समेत डार्क सर्कलबाट राहत पाउन सकिन्छ ।