२०८१ बैशाख १७ , सोमवार

अवैध लागूऔषध सहित २ जना पक्राउ

सुनाखरी न्युज/ बिराटनगर। झापा र मोरङको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर र औषधी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो अपरान्ह ४ बजे झापाको झापा गाउँपालिका-४ स्थितमा प्रहरी चौकी टाघन्डुब्बाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका पैदल यात्री कन्काई नगरपालिका-२ का २८ बर्षीय गोपाल ठकुरीलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनको साथबाट १ ग्राम ६६ मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको हो । त्यसै गरी मोरङको लेटाङ नगरपालिका-३ का ४३ बर्षीय तेजेन राईको घरमा लागूऔषधी बिक्री बितरण भईरहेको छ भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उक्त स्थानमा खानतलासी गर्दा अवैध औषधी Tramadol २ सय ६६ र spaspain १ सय ८० चक्की फेला पारी राईलाई समेत नियन्त्रणमा लिएको हो भने लेटाङ-३ पुतली चौक स्थीत श्याम कुमार लिम्बुको घरबाट Tramadol २ सय र spaspain ५ सय ३२ चक्की प्रहरीले बरामद गरेको छ ।

घरबाट लागूऔषध बरामद भएता पनी लिम्बु तत्काल फेला नपरेको हुँदा खोजतलास भईरहेको र लागुऔषध सहित पक्राउ परेकाहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।